धादिङ,२१ चैत।
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुन सक्ने बताउनुभएको छ ।
सोमबार धादिङबेशीस्थित मदन आश्रित स्मृती भवनमा प्रेस चौतारी धादिङद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष थापाले सबै स्थानीय तहमा एक्लै उम्मेदवार उठाएर जाने तयारी रहेपनि आवश्यकता अनुसार स्थानीय तहमा चुनावी तालमेल हुन सक्ने बताउनुभएको हो।
राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको भन्दै बादलले आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको बताउनुभयो।एमालेको नेतृत्वमा मात्रै समृद्धि सम्भव रहेको भन्दै उहाँले मुलुकको भविष्यको निम्ति पनि यो निर्वाचन एमालेले जित्न जरुरी रहेको बताउनुभयो।
उहाँले भन्नुभयो,‘एमाले अहिले पनि पहिलो पार्टी भएकाले आगामी निर्वाचनमा पहिलो हुने मात्रै होईन दुई तिहाई बहुमतका साथ पहिलो हुने लक्ष्य हो।’ उपाध्यक्ष बादलले निर्वाचन स्वतन्त्र निष्पक्ष र धाँधलीरहित हुनेमा आशंका पनि व्यक्त गर्नुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |