काठमाडौं, २० चैत
पछिल्लो तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट ६ लाख ४० हजार ८१८ जनाले आवतजावत गरेका छन् ।
अभ्यागमन विभागका अनुसार सन् २०२२ जनवरी देखि मार्चसम्म तीन महिनाको अवधिमा उनीहरुले टिआइएबाट आवतजावत गरेका हुन् ।
आवतजावत गर्नेमध्ये २ लाख ८६ जना ४४२ जना नेपाल प्रवेश गर्नेहरु थिए भने ३ लाख ५४ हजार ३७६ जना नेपालबाट बाहिरिनेहरु थिए ।
उक्त अवधिमा टिआइएबाट आवतजावत गर्नेमा ४ लाख ९२ हजार ७४३ जना नेपाली र १ लाख ४८ हजार ७५ जना विदेशी रहेका थिए ।
बितेको तीन महिनामा ७८ हजार ७४७ जना विदेशी नेपाल आएका थिए भने ६९ हजार ३२८ जना विदेशी नेपालबाट स्वदेश फर्केका थिए ।
सोही अवधिमा टिआइए हुँदै २ लाख ७ हजार ६९५ जना नेपाली स्वदेश फर्केका थिए । उक्त समयमा २ लाख ८५ हजार ४८ जना नेपाली विभिन्न देश गएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |