धादिङ,१९ चैत।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय संयोजक किरण पौडेलले कांग्रेस सत्तामा रहिरहे नेपालको राष्ट्रियता जोगाउन कठिन हुने बताउनुभएको छ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनुभएका पौडेलले नेपाली कांग्रेसको नीति नै नक्कली भएकोले एमालेलाई नक्कली राष्ट्रवादको आरोप लगाइरहेको बताउनुभयो।
शनिबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि धादिङको ८ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले स्थानीय निर्वाचनको मिति नजिकिएकाले जनतालाई सत्य र तथ्यको आधारमा बुझाएर चुनावको प्रचारमा लाग्न युवाहरुलाई आग्रह समेत गर्नुभएको छ।
एमालेका विरोधी गठबन्धन दलहरु एक कदम पछाडि परिसकेको भन्दै उहाँले प्रत्येक वडा र वस्तीहरुमा गीत नाचसहित चुनाब प्रचारमा लाग्न युवा संघमा आवद्ध युवाहरुलाई आग्रह गर्नुभयो।
धादिङको गुण्डागर्दी र अराजकतालाई युवा संघले मात्रै तह लगाउन सक्ने भन्दै संयोजक पौडेलले अब धादिङका युवा संघमा आवद्ध युवामाथि कसैले प्रहार गर्न खोज्छ भने उनीहरुलाई नै धुलोपिठो बनाउन सक्ने, अस्पताल भर्ना गराउन सक्ने शक्ति युवा संघसँग भएको बताउनुभयो।
उहाँले आफुलाई बाघ घोषणा गर्ने माओवादीलाई सडकमा तानेर बिरालोको हैसियतमा ल्याएको भन्दै आजको माओवादी रस निकालेर फालिएको कागती जस्तै भएको बताउनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |