बुटवलमा जारी १६औँ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता-२०७८ मा सेमीफाइनल खेल खेल्न अन्तिम चार टिमको टुंगो लागेको छ । बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा वडा नम्बर ८ ले वडा नम्बर १९ माथि १-० गोल अन्तरको जित निकालेको हो ।
बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा सिद्धेश्वर खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा वडा नम्बर ८ को जितमा मनोज गुरुङले खेलको १२औँ मिनेटमा एक मात्र गोल गरेका थिए । खेलमा वडा नम्बर १९ का सरोज गलामी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । युवालाई खेलमार्फत भातृत्व विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।
शुक्रबार पहिलो सेमीफाइनल खेल वडा नम्बर ११ र १७ का बीचमा हुने छ भने शनिबार दोस्रो सेमीफाइनलमा वडा नम्बर ८ ले वडा नम्बर ७ को सामना गर्ने उनले बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |