चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ।
बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेेकाे हाे ।
लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक ६१ रन बनाए । यस्तै इभिन लेविसले ५५ तथा कप्तान केएल राहुलले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो ।
चेन्नईका लागि रोबिन उथप्पाले सर्वाधिक ५० रन बनाए । यस्तै शिबम डुबेले ४९ रन र मोइन अलीले ३५ रन बनाए ।
लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले समान२ विकेट लिए ।
हारसँगै चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा चेन्नईलाई कोलकत्ता नाइट राइडर्सले हराएको थियो ।
जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |