धादिङ,१७ चैत।
राष्ट्रिय छनोट खेलका लागि बागमती प्रदेशबाट धादिङका ६ जना तेक्वान्दो खेलाडीहरुले छनोट खेल्ने भएका छन् । चैत १८ र १९ गते काठमाडौँमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १७ औँ संस्करणको लागि बागमती प्रदेश स्तरीय १३ वटा जिल्लाको छनोट खेलमा धादिङका ६ जना खेलाडीहरु छनोट भएका नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले जानकारी दिनुभयो।
धादिङबाट महिला जुनियर तर्फ सुप्रिमा बजगाई(४४ केजी), पुरुष जुनियर तर्फ धनबहादुर गुरुङ (४८ केजी), पावल तामाङ (५५ केजी), रुपेश तामाङ (६३ केजी) रहेका छन्। यस्तै पुरुष सिनियर तर्फ अभिषेक डल्लाकोटी (५५ केजी), प्रविण तामाङ (७४ केजी) रहेका छन्। गिरीका अनुसार छनोट भएका धादिङका ६ जना नै खेलाडीहरु बिहिबार काठमाडौं पुग्ने छन्।
प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका करिव तीन सय खेलाडीको सहभागिता रहने छ जसमा बागमती प्रदेशको प्रतिनीधित्व गर्दै धादिङका ६ जना खेलाडीहरुले खेल्ने छ ।
प्रदेश छनोट प्रतियोगितामा देखिएका उत्कृष्ट र उदीयमान ४२ खेलाडीलाई प्रतियोगितामा सहभागि गराईनेछ । प्रतियोगितामा सिनियर र जुनियरमा गरी कूल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने संघका सदस्य एवं प्रतियोगिताका संयोजक राम गिरीले बताउनुभयो। गिरीका अनुसार सिनियरको पुरुषरमहिलामा आठ आठ गरी १६ स्पर्धा समावेश छन् ।
जुनियरको पुरुषरमहिलामा पाँच पाँच गरी १० स्पर्धामा खेल हुनेछ ।नेपाल तेक्वान्दो संघले आयोजन गर्ने यस प्रतियोगिता सञ्चालन गर्न करिब ३६ लाख रुपैयाँ खर्च हुने बताईएको छ । यस प्रतियोगिताबाट नेपाल तेक्वान्दो संघले राष्ट्रिय टिमका लागि खेलाडी छनोट गर्ने छ । दुईदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा हुने छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |