कोलम्बो, १६ चैत
स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको एउटा अस्पतालले शल्यक्रिया रोकेको छ । स्वास्थ्य सुविधा अभाव भएपछि क्यान्डीको पेराडेनिया अस्पतालमा शल्यक्रिया रोकिएको हो । अस्पतालले एक परिपत्र जारी गर्दै शल्यक्रिया रोक्नुको कारण उल्लेख गरेको छ ।
‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि प्रयोग हुने धेरै औषधि र उपभोग्य वस्तुको अभाव छ । भर्ना भएका बिरामीको शल्यक्रियालगायतका सबै नियमित शल्यक्रियाहरू स्थगित गर्ने निर्णय भएको छ’, सोमबार अस्पतालले जारी गरेको परिपत्रमा भनिएको छ ।
अस्पतालका निर्देशकले औषधिको अभाव देखाउँदै सबै नियमित शल्यक्रियाहरू अस्थायी रूपमा रोकेको बताएका छन् ।
अस्पतालामा स्वास्थ्य सुविधाको अभावपछि भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबार श्रीलंकास्थित भारतीय कमिसनारलाई सो अस्पताललाई सहयोग गर्न अनुरोध गरेका छन् । जयशंकरले भारतीय उच्चायुक्त गोपाल बागलेलाई भारतले श्रीलंकालाई गर्न सक्ने सहयोगका उपायबारे छलफल गर्न आग्रह गरेका हुन् । -एजेन्सी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |