धादिङ, १४ चैत।
रिटर्नी फेडेरेशन धादिङको अध्यक्षमा मायानाथ सिलवाल चयन हुनुभएको छ।विदेशबाट नेपाल फर्केर आएकाहरुको नेकपा एमाले समर्थकहरुको संस्था रिटर्नी फेडेरेशन नेपालको आज धादिङबेसीमा सम्पन्न भएको जिल्ला भेलाले सिलवालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमितिको गठन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा कमला कोइराला, विजयराज इटनी, सचिवमा राममायाँ श्रेष्ठ, सहसचिवमा सरिता तामाङ, एकराज उपाध्याय र कोषाध्यक्षमा सानुकान्छा तामाङ सर्वसम्मत निर्वाििचत हुनुभएको छ ।
कार्यक्रममा रिटर्नी नेपालका उत्तम अधिकारी, नेकपा एमाले धादिङका उपसचिव राधिका सापकोटा, नेकपा उमाले जिल्ला सदस्य गोकर्ण रुपाखेती लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विदेशबाट फर्केर नेपालमा काम गरिरहेकाहरुले गरेको राम्रो कामको सिको सबैले गर्न र विकासमा सबै लाग्न आग्रह गरिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |