काठमाडौँ,१४ चैत ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले स्थानीय निर्वाचनमा आचार संहिता कडाइका साथ लागू गरिने बताउनुभएको छ ।
धनगढीमा आज आयोजना गरिएको निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग लागि परेको बताउनुभयो ।
त्यसका लागि निर्वाचन आचार संहिता पालनामा कडाई गरिने थपलियाको भनाई थियो । साथै उहाँले आचार संहिताको पालना गर्नु निर्वाचनमा सहभागी सबैको दायित्वभएको पनि बताउनुभयो ।
निर्वाचन आचार संहिता सम्बन्धीको विषय अदालतमा विचाराधीन रहेको उल्लेख गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले अदालतबाट व्याख्यासहित निकास आउने विश्वास व्यक्त गर्नुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |