एजेन्सी
किभ, १४ चैत
युद्धबाट ध्वस्त जस्तै बनेको मारिओपोलका हजारौँ सर्वसाधारणलाई रुसले जबरजस्ती आफ्नो भूभाग लगेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी बन्दरगाह सहर मारिओपलमा पछिल्लो दुई सातादेखि रुसी हमला जारी छ । रसियाले मारिओपोलको पूर्वमा रहेको बेजिमेन्नेमा रहेको अस्थायी शिविरमा अनुमानित ५ हजार जनाको बसोबास गराएको स्याटलाइट तस्बीरहरुमा देखिएको छ ।
युक्रेनका उपप्रधानमन्त्री इरयाना भेरेसचुकले किभसँग संयोजन नगरी ४० हजार मानिसलाई युक्रेनबाट रुसी भूभागतर्फ लगिएको बताएकी छिन् ।
अहिले रुसमा रहेका मारिओपोलका एक शरणार्थीले भने, ‘हामी सबैलाई बलजफल नियन्त्रणमा लिइयो ।’
केही युक्रेनी अधिकारीहरूले रुसका कार्यहरूलाई चेचेनहरुलाई ‘फिल्ट्रेशन क्याम्प’मा ‘निर्वासन’ गरिएको घटनासँग तुलना गरेका छन् । चेचेन्यामा रुसी युद्धमा हजारौँ चेचनलाई अस्थायी शिविरमा लगेर सोधपुछ गरिएको र उनीहरुमध्ये धेरै वेपत्ता भएका थिए ।
सर्वसाधारणहरुलाई आफ्नो क्षेत्रमा निर्वासन गर्नु यो युद्धरत पक्षका लागि मानवअधिकार दुरुपयोग हो । रुसी सेनाको घेराबन्दीमा रहेको मारिओपोलबाट १ लाख ४० हजार मानिस भाग्न सफल भए पनि १ लाख ७० हजार अझै फसेको सिटी काउन्सिलले जनाएको छ ।
तीन सातादेखि जारी रुसी गोलाबारीले सहरलाई भग्नावशेषमा परिणत गरेको छ । हमलाका कारण त्रसित स्थानीय बेसमेन्ट र बंकरमा लुकेका छन् । पिउने पानी, खाना र औषधिको चरम अभाव छ । मारिओपोलमा मृत्यु हुने सर्वसाधारणको वास्तविक संख्या अझै यकिन नभएको बताइन्छ ।
तुलनात्मक रूपमा मारिउपोलका थोरै नागरिकहरू दुवै पक्षले सहमति जनाएका मानवीय कोरिडोरबाट भागेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |