काठमाडौं, १३ चैैत
साताको पहिलो दिन आइतबार नेपाली सेयर बजार नेप्से परिसूचक ४१ दशमलव ४१ अंकले घटेकाे छ । परिसूचक घटेसँगै नेप्से २५ सय ७२ दशमलव २८ अंकमा रोकिएको छ।
नेप्सेमा कारोबार रकममा गत बिहीबारभन्दा उल्लेख्य रूपमा बढेको छ। आइतबार ८९ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो साताको अन्तिम दिन बिहीबार नेप्सेमा ५२ लाख ५८ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब २४ करोड ८९ लाख ४३ हजार रुपैयाँको कारोबार भएको थियो ।
बजारमा आइतबार १६६ कम्पनीका सेयरधनीले गुमाएका छन् भने २५ कम्पनीका सेयर धनीले मात्र नाफा कमाएका छन् । बजारमा धेरैजसो लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले नाफा कमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |