काठमाडौं, ११ चैत
नेपालका मध्यक्रमका ब्याटर रोहितकुमार पौडेलले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा अर्धशतक पूरा गरेका छन्।
एकदिवसीय खेलमा रोहितको यो पाँचौ अर्धशतक हो । यससँगै रोहितले नेपालबाट एक दिवसीय शृंखलामा सर्वाधिक अर्धशतकको कीर्तिमान रचेका छन् ।
उनले यसअघि ज्ञानेन्द्र मल्लको नाममा रहेको चार अर्धशतकको कीर्तिमानसँग बराबरी गरेका थिए । कीर्तिपुरस्थित टियु मैदानमा रोहितले ५४ बलमा तीन चौका र एक छक्का मद्दतमा अविजित ५० रनमा खेलिरहेका छन् ।
७३ रनमा चार विकेटको स्थितिमा ब्याटिङका लागि आएका रोहितले आरिफ शेखसँग पाँचौ विकेटका लागि अविजित ६० रनको साझेदारी गरिसकेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |