काठमाडौं, ११ चैत
चार्ल्स अमिनी र कप्तान असद भालाको अर्धशतकप्रेरित पपुवा न्युगिनी (पीएनजी)ले पहिलो एकदिवसीय खेलमा नेपालसामु जितका लागि २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङका लागि आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको योगफल तयार पार्याे ।
२१ रन जोड्दा ओपन हिरी हिरीलाई गुमाएको पीएनजीको इनिङ दोस्रो विकेटका लागि टोनी उरा र असद भालाले ४९ रनको साझेदारी गर्दै उकासेका थिए । उराले ४७ बलमा ६ चौका मद्दतमा ३८ रन जोडे । तेस्रो विकेटका लागि भाला र अमिनीले ७४ रनको साझेदारी गरेपछि पिएनजी सम्मानजनक योगफलतर्फ अघि बढेको थियो ।
भालाले ५५ बलमा ११ चौका मद्दतमा ६० रन जोड्दा अमिनीले एक सय तीन बलमा ६ चौका र एक छक्का मद्दतमा ७७ रन जोडे । अमिनीले रिले हकुरेसँग चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । रिलेले ४० बलमा पाँच चौकाकाे मद्दतमा ३१ रन जोडे । त्यस्तै नोमार्न भानोउले ४७ रन जोडे ।
नेपालका लागि सोमपाल कामी,कमलसिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले समान दुई विकेट तथा पवन सराफ र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |