स्याङ्जा, १० चैत
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष, स्वतन्तत्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सबैको साथ र सहयोगमा आसन्न्न निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने बताएका छन् ।
आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने दाबी गरेका प्रधानमन्त्री देउवाले यसका लागि सरकारले पूर्ण रुपमा तयारी गरिरहेको बताए ।
निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशनसमेतत दिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |