काठमाडौं, ९ चैत
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखला खेलेर नेपाली क्रिकेट टिम आज (बुधबार) स्वदेश फर्कंदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिम साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी गराएको छ ।
नेपाली टिमले संयुक्त अरब इमिरेट्स (यूएई)मा चार अन्तर्राष्ट्रिय खेल खेलेर स्वदेश फर्कन लागेको हो । शृंखलामा नेपालले चार खेल खेल्दा दुईमा हार बेहोरेको थियो भने दुईमा जित निकालेको हो ।
नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई दुई विकेट तथा अन्तिम खेलमा सात विकेटले पराजित गरेको थियो । नेपाल घरेलु टोली यूएईसँग भने दुवै खेलमा हार बेहोर्याे । पहिलो खेलमा ४८ रनले पराजित नेपाल दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।
लिग-२ मा नेपालले १२ खेल खेलेको छ । जसमा ६ खेलमा जित निकाल्दै १२ अंक सहित छैटाैं स्थानमा छ । सात टिम सहभागी तालिकामा ओमान २८ खेलबाट ३६ अंकसहित शीर्षस्थानमा छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |