काठमाडौं, ९ चैत
यु-१८ महिला साफ च्याम्पियन्ससिपको अन्तिम खेलमा आज नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । भारतको जम्सेदपुरमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा सात बजेबाट सुरु हुनेछ ।
यसअघि भएको खेलमा बंगलादेशसँग ४-२ ले पराजित भएको नेपाल आज जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।
नेपाल, बंगलादेश र भारत सहभागी प्रतियोगितामा तीन खेल खेल्दासम्म नेपाल अंकविहीन छ ।
तालिकाको शीर्ष स्थानमा रहेको भारतले तीन खेलबाट नौ अंक जोडेको छ । यस्तै, दुई खेलबाट तीन अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ।
डबल राउन्ड रोविन लिग पद्दतीमा भइरहेको प्रतियोगितामा सर्वाधिक अंक जोड्ने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ ।
यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँगै ७-० ले, दोस्रो खेलमा बंगलादेशसँग ४-२ ले र तेस्रो खेलमा भारतसँग ५-१ ले पराजित भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |