धादिङ,०९ चैत।
धादिङका ३ जना स्वास्थ्यकर्मीहरु स्वास्थ्य प्राविधिक संघको केन्द्रिय समितिमा निर्वाचित भएका छन्।
नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) को दशौँ राष्ट्रिय महाधिवेशनबाट धादिङका ३ स्वास्थ्यकर्मी केन्द्रिय समितिमा र १ जना राष्ट्रिय परिषद सदस्यमा निर्वाचित भएका छन् ।
धादिङबाट केन्द्रिय सदस्य निर्वाचित हुनेमा गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारी, जिल्ला अस्पताल धादिङमा कार्यरत स्वास्थ्यकर्मीद्वय मिलन बराईली र सुन्दरी गिदेलमगर छन् भने राष्ट्रिय परिषद सदस्यमा गल्छी गाउँपालिकाका स्वास्थ्य सह संयोजक शिव प्रसाद पौडेल निर्वाचित भएका छन् ।
नेपाल स्वास्थ्य प्राविधिक संघको अध्यक्षमा बसन्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै बरिष्ठ उपाध्यक्षमा शोभा गौतम, उपाध्यक्षमा ध्रुवकुमार पोखरेल, गणेश श्रेष्ठ, माइकल देवकोटा, सञ्जय साह निर्वाचित भएका छन्।
महासचिवमा श्याम ओली, सचिवमा गोपालप्रसाद गौतम, कोषाध्यक्षमा कल्पना पाण्डे सह कोषाध्यक्षमा छिरिङ डोमा शेर्पा निर्वाचित भएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |