काठमाडाैँ, ८ चैत
नेपाली सेयर बजार नेप्से मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक मंगलबार १६ दशलमव ०४ अंकले वृद्धि हुँदा २६ सय ५० दशलमव ७० अङ्कमा पुगेको छ ।
नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०३ अंकले बढेर ४ सय ९९ दशमलव ३३ पुगेको छ । नेप्सेमा ५३ लाख २९ हजारमा नौ सय ९३ कित्ता सेयर किनबेच हुँदा कारोबार हुँदा दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपयाँको सेयर कारोबार भएको छ ।
इमर्जिङ् नेपाल लिमिटेड को सेयर १० प्रतिशतले ५७ रुपैयाँ १० पैसा बढेर बजारमा मूल्यमा सर्किट लागेको थियो । इमर्जिङ् नेपाल लिमिटेडको सर्किट मूल्य सँगै सेयर मूल्य ६ सय २८ रुपैयाँ पुगेको छ । मंगलबारको बजारमा एक सय ६ कम्पनीले नाफा कमाएका छन् भने ७७ कम्पनीका सेयर धनीले गुमाएका छन् ।
सबैभन्दा धेरै प्रभु इन्स्योरेन्स कम्पनी को प्रमोटर सेयर १५ करोड ३३ लाख ४० हजार रुपैयाँ सेयर खरिद बिक्री भएको छ भने नेपाल टेलिकम १० करोड र शिवम् सिमेन्टको आठ करोड बराबरको सेयर खरिद बिक्री भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |