काठमाडौं, ७ चैत
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा ४ हजार ४४.५ केजी सुन भित्रिएको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा उक्त सुन नेपाल भित्रिएको हो ।
उक्त मात्रामा सुन खरिद गर्दा २८ अर्ब १७ करोड ३२ लाख २७ हजार रुपैयाँ नेपालबाट बाहिरिएको विभागको तथ्याङ्कले देखाउँछ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालमा १६ अर्ब २८ करोड ३४ लाख ४२ हजार रुपैयाँको २ हजार ३ सय केजी सुन भित्रिएको थियो ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट्स (युएई)बाट मात्र सुन भित्रिएको छ ।
सो अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र युएईबाट २२ अर्ब २४ करोड ४४ लाख ७८ हजार रुपैयाँको सुन नेपालमा आएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |