झापा, ७ चैत
बैंकिङ कसूर मुद्दा र बहुविवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बाह्रदशी गाउँपालिका–२ का ४२ वर्षीय नर प्रसाद पनेरू र बहुविवाह मुद्दाका फरार प्रतिवादी अर्जुनधारा नगरपालिका–३ घर भएका २९ वर्षीय राजु श्रेष्ठ रहेका छन् ।
उनीहरूमध्ये नर प्रसाद पनेरूलाई उच्च अदालत पाटनले २०७७ माघ २० गते २ दिन कैद, ३ लाख ८७ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा १५ हजार ४ सय ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय सुनाएको थियो ।
यस्तै, राजु श्रेष्ठलाई जिल्ला अदालत झापाको २०७५ कात्तिक २९ गते १ वर्ष २५ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |