एजेन्सी
काठमाडौं, ७ चैत
अभिनेत्री सामन्था रुथ प्रभु आगामी फिल्म ‘यशोदा’को तयारीमा जुटेकी छन् । यो फिल्ममा उनले धेरै स्टन्ट दृश्य दिँदैछिन् । यसका लागि उनले हलिउडको स्टन्टमेनबाट तालिम लिँदैछिन् ।
समाचारअनुसार उनलाई हलिउडका स्टन्टमेन यानिक बेनले तालिम दिनेछन् र उनको कोरियोग्राफ पनि गर्नेछन् । यसअघि सामन्थाले यानिकका साथ प्रख्यात वेब सिरिज ‘द फेमिली मेन २’ मा काम गरेकी थिइन् । फिल्ममा सामन्थाको प्रमुख भूमिकामा अभिनय रहनेछ ।
फिल्मको निर्देशक हरि-हरीश जोडीले गर्दैछन् । उनीहरु यो फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । श्रीदेवी मुभिजको व्यानरमा बन्ने फिल्मको निर्माण शिवलेंका कृष्ण प्रसादले गर्दैछन् ।
साइन्स फिक्सन थ्रिलर फ्लेभरको फिल्मको बजेट निकै महंगो रहने बताइएको छ ।
फिल्मको हिन्दी भर्सनमा बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै पेन इण्डियाले यसलाई बलिउडमा रिलिज गर्नेछ । फिल्म तेलुगु, तमिल, मलयालमसँगै कन्नडमा पनि रिलिज हुनेछ ।
सामन्था गत वर्ष डिसेम्बरमा रिलिज अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म ‘पुष्पा द राइज’को आइटम गीत ‘ऊ अँटावा’का कारण चर्चामा थिइन् । यो गीतपछि उनलाई धेरै बलिउड फिल्मबाट अभिनयको अफर आएको थियो ।
सामन्थाले आफ्नो करियरको सुरुवात मोडलिङबाट गरेकी थिइन् । त्यसपछि उनले सन् २०१० मा रिलिज फिल्म ‘ये माया चेसावे’बाट तेलुगु फिल्म उद्योगमा पाइला चालेकी हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |