लन्डन, ६ चैत
फोनिज युकेको अध्यक्षमा गोमा रानालाई चयन भएकी छन् । उनी यसअघि उपाध्यक्ष थिइन् ।
फार्नब्रोमा आयोजित वार्षिक साधारण सभामा शाखाकी अध्यक्ष प्रमिला लाबुङ राईले सबैलाई समान अवसर प्रदान गर्न र नेतृत्व विकासका लागि आफूले अध्यक्ष पदबाट राजीनामा दिएको बताइन् । राईले नवनिर्वाचित रानालाई कागजात हस्तान्तरण गरिन् ।
साधारणसभाले बेलायतमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । सो पुरस्कारका बारेमा कार्यसमितिले विस्तृत योजना बनाउने बताइएको छ ।
फोनिज युकेले यसअघि नै नेपालमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गरिसकेको छ । जसबाट हरेक वर्ष दुईजनालाई २५–२५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिँदै आएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |