एजेन्सी
किभ, ६ चैत
रुसी सेनाले मारिओपोलका हजारौं बासिन्दाहरूलाई रूसमा स्थानान्तरण गर्न बाध्य पारेको विवरण सार्वजनिक भएका छन् । सिटी काउन्सिलले एउटा विज्ञप्ति जारी गर्दै सो जानाकारी दिएको हो । एक विज्ञप्तिमा काउन्सिलले भनेको छ, ‘आक्रमणकारीहरुले मानिसहरुलाई युक्रेन छाडेर रुसी भूमि जान बाध्य पारेका छन् ।’
रुसी सेनाले गैरकानुनी ढंगले लेभोबेरेजनी जिल्लाबाट मानिसहरुलाई बाहिर निकालेर खेलकुद क्लबलगायतका स्थानमा भेला गरेको छ । निरन्तरको गोलाबारी र बम हमलाबाट बच्न १ हजार भन्दाबढी मानिस (अधिकांश महिला र बालबालिका) क्लबमा आश्रय लिएका छन् ।
कूल ६ हजार ६२३ जनालाई विभिन्न शहरहरुबाट खाली गरिएको उपप्रधानमन्त्री इरयाना भेरिस्चुकले बताए । तीमध्ये ४ हजार १२८ जना मारिओपोलका छन्, जसलाई उत्तरपश्चिमबाट जापोरिज्जिया पठाइएको छ ।
शनिबार युक्रेनको घेराबन्दी गरिएका सहरमा रहेका १० ओटा मानवीय कोरिडोरमध्ये ८ ओटाबाट मानिसहरुको उद्धार गरिएको थियो ।
रुसी फौज मारिओपोलतर्फ अगाडि बढ्दा एउटा मुख्य स्टिल भट्टी बन्द भएको थियो । मारिओपोलको पतनले युद्ध मैदानमा रुसीका लागि एउटा महत्वपूर्ण प्रगति हुन सक्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |