धादिङ,०५ चैत।
बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगीता अन्तरगत धादिङको क्रिकेट टोलीसँग काठमाडौं ४ विकेटले पराजित भएको छ ।
चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय रंगशालामा शनिबार भएको खेलमा धादिङले काठमाडौंलाई ४ विकेटले हराउँदै ऐतिहासिक जित दर्ता गरेको हो ।
जितका लागि काठमाडौंले दिएको १८२ रनको लक्ष्य धादिङले १९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।धादिङलाई जित दिलाउन अमृत थापाले सर्वाधिक ८३ रनको अर्धशतकीय इनिङ खेले।
यस्तै कौशल रुपाखेतीले १७, उज्वल थापाले २९, स्वपनील अधिकारी १२, आरम्भ तिमिल्सिना १३ जोड्दा कप्तान श्याम त्रिपाठ्ठीले ४ रन जोडे । बलिङतर्फ काठमाडौंका लागि राजन जिसीले सर्वाधिक ३ विकेट हात पार्दा आरियो पौाडेलले २ तथा सुमनले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८१ रन जोडेको थियो। उसका लागि रविन जोशीले सर्वाधिक ६८ रनको अर्धशतकीय इनिङ खेले भने सम्राट भुषालले ४४ रन बनाए ।बलिङमा धादिङका लागि सन्देश सापकोटाले २ तथा कौशल रुपाखेती, उज्वल थापा, रुपेश भुजेल र अमृत थापाले १–१ विकेट लिए ।
धादिङ जिल्ला क्रिकेट टोलीले खेलेको यो पहिलो आधिकारिक प्रतियोगिता हो ।पहिलो खेलमा धादिङले रसुवालाई ९ विकेटले हराएको थियो।धादिङले अब आइतबार फाइनल प्रवेशका लागि काभ्रेसँग खेल्नेछ ।बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी प्रतियोगितामा प्रदेश भित्रका १२ जिल्ला सहभागि छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |