एजेन्सी
किभ, ५ चैत
आफ्ना हवाई रक्षकहरुले रुसका कम्तीमा १२ रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनको सशक्त फौजले दाबी गरेको छ । युक्रेनी फौजले रुसका दुई विमान, तीन ओटा हेलिकोप्टर, तीन ओटा ड्रोन र चार ओटा क्रुज मिसाइल ध्वस्त पारिदिएको दाबी गरेको हो ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी वार्ताको टेबुलमा बस्न रुसलाई आह्वान गरेका छन् । रूसी गोलाबारीले अझै पनि मारिउपोलबाट प्रभावकारी मानवीय कोरिडोर स्थापना गर्न रोकिरहेको राष्ट्रपति उनले बताए ।
रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला जारी राखेको छ । रुसी हमलामा २५ लाख भन्दाबढी युक्रेनीले देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन् । रुसी हमलामा सयौंको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झन्डै १०० जना बालबालिका रहेको अनुमान गरिएको छ । हमलाका कारण दैनिक सयौं बालबालिका बिस्थापित हुने गरेको विभिन्न विवरणहरुमा जनाइएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |