काठमाडौं, ४ चैत
स्थायी शिक्षकको परीक्षाका लागि परीक्षार्थीले अब प्रवेशपत्रसँगै परिचयपत्र पनि देखाउनुपर्ने भएको छ । शिक्षक सेवा आयोगले चैत १५ देखि २१ गतेसम्म गर्न लागेको लिखित परीक्षामा प्रवेशपत्रसँगै आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य गरेको हो ।
शिक्षक सेवा आयोगले चैत १५, १७, १९ र २१ गते स्थायी शिक्षकको लागि खुल्ला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षा सञ्चालन गर्दैछ । परीक्षामा सहभागी हुनेले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको गुनासो आउने गरेको आयोगले प्रस्ट पारेको छ ।
सोही आधारमा प्रवेशपत्रसँगै आफ्नो परिचय खुल्ने नागरिकता वा अध्यापन अनुमतिपत्र लिई परीक्षामा सहभागी हुन आयोगले आग्रह गरेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |