काठमाडौं, ४ चैत
विश्वकप क्रिकेट लिग-२ एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ
शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले पीएनजीलाई दुई विकेटले हराएको थियो ।
युएईसमेत लगातार दोस्रो जित निकाल्ने योजनामा छ। उसले पहिलो खेलमा पीएनजीलाई नै सात विकेटले पराजित गरेको थियो । हालसम्म नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रियमा चारपटक आमने-सामने भएका छन् । जसमा नेपाल र युएई दुवैले समान दुईपटक जित हात पारेका छन् ।
लिगमा युएई १५ खेलमा आठ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने नाै खेलमा १० अंक जोडेर छैटौं स्थानमा छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |