काठमाडौं, ३ चैत
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनविरोधी अभिव्यक्ति कांग्रेसका दोस्रो तहका केही नेताहरू दिने गरे पनि प्रधानमन्त्रीसमेत रहेका सभपाति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताएका छन् । निर्वाचनअघि र पछि पनि गठबन्धनलाई कायम राख्नेमा देउवा सकारात्मक रहेको प्रचण्डले बताए ।
लुम्बिनी प्रदेशको राजधानी बुटवल पुगेर प्रचण्डले कांग्रेस र उक्त पार्टीका दोस्रो तहका नेताहरूलाई लक्षित गर्दै भने, ‘विभिन्न पार्टीमा विभिन्न धार र अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । तर, गठबन्धनमा रहेका पार्टीहरू निर्वाचनमा तालमेल गर्ने मामिलामा चाहिँ नेतृत्वहरूमा कहीँकतै विमती देखिएको छैन ।’
प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षका लागि गठबन्धन बनेको बताए । गठबन्धनको आवश्यकता निर्वाचनअघि र पछिसम्मै रहने भएकोले गठबन्धन जारी रहने उनको भनाइ छ ।
यस्तै, निर्वाचन तोकिएकै समयमा सरकारले गर्ने पनि उनले बताए । निर्वाचनको विषयलाई लिएर आज बिहान प्रधानमन्त्री देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र आफूबीच छलफल भएको बताए ।
छलफलको क्रममा प्रधानमन्त्रीले निर्वाचन नहुने भ्रम फैलाएको भन्दै चिन्ता व्यक्त गरेको प्रचण्डले बताए । ‘निर्वाचनको तयारीमा हामी तागत लगाएर गइनै सक्यौँ । तर, फेरि निर्वाचन हुँदैन भन्ने हल्ला चलिनै राख्छ प्रधानमन्त्रीजीले भन्दा भोट हाल्ने दिन पनि हुँदैन भनिरहन्छन् भन्यौं’, प्रचण्डले भने ।
निर्वाचनमा माओवादी केन्द्र आफ्नै एजेण्डको तागतमा निर्वाचन जाने तर सहायक रूपमा तालमेल गर्नेबारे पनि सोचिने बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |