धादिङ,०२ चैत।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार १७५ जनाको परीक्षण गर्दा ८२ नयाँ सङ्क्रमित थपिएका छन् भने २ सय १३ संक्रमित डिस्चार्ज भएका छन्।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५७४ बाँकी रहेको छ। देशभरका प्रयोगशालाबाट आज ४ हजार ७९० जनाको पीसीआर गर्दा ४१ जना र १ हजार ३८५ जनाको एन्टिजेन परिक्षणमा ४१ गरी ८२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्राले प्रेस बिफ्रिङका क्रममा बताउनुभएको हो।
मंगलबार ८३ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ८०३ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ६१ हजार ५६१ पुगेको मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ। यसैगरी पछिल्लो पाँच दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार शुक्रबारयता कोरोना संक्रमणका कारण कसैले पनि ज्यान गएकोे छैन । हालसम्म संक्रमित भई मृत्यु हुनेको संख्या एघार हजार ९५० पुगेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |