काठमाडौँ, २ चैत
सुनकाे मूल्य याे साता ओरालाे लागेकाे छ । साताकाे पहिलाे दिन प्रतिताेला एक लाख दुई हजार आठ सयमा किनबेच भएकाे छापावाला सुन साताकाे चाैथाे दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
साताकाे पहिलाे दिनकाे तुलनामा दाेस्राे दिन साेमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ ताेकिएकाे थियाे । यसैगरी साेमबारकाे तुलनामा मंगलबार छापावाल सुनकाे मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा काराेबार भएकाे संघले जनायाे ।
मंगलबारकाे तुलनामा बुधबार ताेलामा एक हजार दुई सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेकाे छ । साताकाे पहिला दिनकाे तुलनामा साता चाैथाे दिन बुधबार सुनकाे मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेकाे छ ।
बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबारर एक हजार तीन सय ७० रुपैयाँ ताेकिएकाे संघले जनाएकाे छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |