न्युयोर्क, २ चैत
२४ फेब्रुवरीमा रुसी सेनाले युक्रेनमा हमला गरेपछि करीब १४ लाख बालबालिकाले युक्रेन छाडेका राष्ट्रसंघले जनाएको छ । यस हिसाबले हरेक एक सेकेन्डमा एक जना बालका/ बालिका शरणार्थी बनेका छन् । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेन्सन (आईओएम) ले जारी गरेको ताजा तथ्यांकअनुसार युक्रेनबाट ३० लाखभन्दा बढी मानिस पलायन भएका छन् । तीमध्ये झण्डै आधा बालबालिका छन् ।
‘पछिल्लो २० दिनमा औषतमा युक्रेनमा हरेक दिन ७० हजार बालबालिका शरणार्थी बनेका छन्,’राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय यूनिसेफका प्रवत्ता जेम्स इल्डरले भने ।
‘गति र मापनको हिसाबले यो संकट दोस्रो विश्वयुद्ध पछि अभूतपूर्व हो,’ उनले भने । युद्ध र द्वन्द्वका कारण आफ्नो घरबाट निकालिएका सबै बालबालिकाहरू जस्तै ती सीमावर्ती देशहरूमा पुगेका युक्रेनी बालबालिकाहरू पारिवारिक बिछोड, हिंसा, यौन शोषण र बेचबिखनको ठूलो जोखिममा भएको उनले बताए ।
‘उनीहरूलाई सुरक्षा, स्थायित्व र बाल संरक्षण सेवाहरूको आवश्यकता छ’ उनले भने । –एजेन्सी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |