लमजुङ, १ चैत
ट्राफिक नियम सचेतनाका लागि लमजुङको बेँसीशहरमा स्लो बाईक रेस प्रतियोगिता आयोजना गरिएको छ । बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीको समन्वयमा रोट्रयाक्ट क्लब अफ लमजुङ, रोटरी क्लब अफ लमजुङको आयोजना र बेँसीशहर नगरपालिकाको आर्थिक सहयोगमा रेसको आयोजना गरेको हो ।
‘छिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’ भन्ने नाराका साथ रोटा सप्ताहको अवसर पारेर प्रतियोगिता सञ्चालन गरेको रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगितामा रेशम भारती सबैभन्दा बिस्तारै निर्धारित दुरी पार गरी विजेता बन्न सफल भए । २८ जनाको सहभागिता रहेको प्रतियोगितामा अनुप श्रेष्ठ दोश्रो र सन्दीप लामा तेस्रो भए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएकालाई ट्रफी, प्रमाणपत्र र हेलमेटसहितको पुरस्कार उपलब्ध गराइएको थियो । प्रतियोगिताले सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना मिलेको बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । स्लो बाइक रेस प्रतियोगिताले सवारी दुर्घटना न्युनिकरण गर्न सहयोग पुग्ने रोटरी डिष्ट्रिक ३२९२ का सहायक गभर्नर डा. तिलकबाबु घिमिरेले बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |