धादिङ,३० फागुन।
लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनको अध्यक्षमा सिता रिजाल निर्वाचित हुनुभएको छ।
नेकपा एमाले निकट लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन जिल्ला कमिटी धादिङको दोस्रो जिल्ला अधिबेशनले सोमबार रिजालको अध्यक्षतामा पदाधिकारीसहित १५ सदस्य कमिटी सर्वसहमतिले निर्वाचित गरेको हो ।
कमिटिको उपाध्यक्षमा दुर्गा थपलिया, सचिवमा जानुका सुबेदी, कोषाध्यक्ष बाबुकाजि श्रेष्ठ निर्वाचित भएका छन् ।कार्यक्रममा नवनिर्वाचित कमिटीलाई नेकपा एमाले जिल्ला कमिटी धादिङका सचिव अर्जुन श्रेष्ठ र उपसचिव राधिका सापकोटाले टिका लगाई बधाई ज्ञापन गर्नुभएको थियो।
तस्बिर:राजु रेग्मी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |