धादिङ,३० फागुन।
नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले सामुहिक रुपमा कृषि कर्ममा लाग्न अगुवा किसानहरुलाई आग्रह गर्नुभएको छ।
सोमबार धादिङबेसिमा अखिल नेपाल किसान महासंघको सातौ जिल्ला सम्मेलन उद्घाटन गर्दै अध्यक्ष त्रिपाठीले निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी सामुहिक खेती तर्फ लाग्नुपर्ने बताउनुभएको हो।उहाँले नदी किनार क्षेत्रमा तरबुजा खेतीगरि विदेशी आयात रोक्न सकिने समेत बताउनुभयो ।
यस्तै कार्यक्रममा एमाले धादिङकी उपसचिव राधिका सापकोटाले राज्यले दिने अनुदान आधारभुत किसानसम्म नपुगेकोले नितिगत रुपमा किसानमुखि बनाउन पैरबी गर्नुपर्ने बताउनुभयो।
उहाँले कृषिउपजको बजारिकरण र उपयुक्त कृषि नितिका लागि पहल गर्न पनि आग्रह गर्नुभएको छ।अखिल नेपाल किसान महासंघ धादिङका अध्यक्ष कमल गुरुङको अध्यक्षतामा सम्पन्न जिल्ला सम्मेलनमा जिल्लाभरका अगुवा किसानहरुको सहभागिता रहेको थियो।तस्बिर राधिका सापकोटा
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |