काठमाडौ,३० फागुन।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
उपत्यकाको विभिन्न स्थानबाट विभिन्न समयमा चोरी भई भेटिएका १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाएको हो।सोमबार महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले बिभिन्न कम्पनीका २१ सवारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गर्नुभएको हो ।
करिब एक महिनाको अवधिमा खोज तथा अनुसन्धानका क्रममा बरामद भएका मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्दै महाशाखा प्रमुख एसएसपी जोशीले विभिन्न कारण सवारी हराउने र चोरी हुने गरेको बताउनुभयो ।
सवारी साधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो। प्रविधि जडान गरेको छ भने चोरलाई चोरी गर्न समय लाग्ने र पक्राउ पर्ने सम्भावना बढी हुने हुँदा यस्ता मोटरसाइकल र स्कुटर उनीहरुले चाडैँ चोरी हाल्न नसक्ने एसएसपी जोशीको भनाई छ।“लाखौँ रुपियाँ खर्च गरेर मोटरसाइकल किन्नुहुन्छ, त्यसको सुरक्षाका विषयमा त्यत्तिकै संवेदनशील बन्न आग्रह गर्छु ।” उहाँले भन्नुभयो ।
ट्राफिक प्रहरीका अनुसार सवारी चालकको लापरबाही, सवारीमा लकको व्यवस्था नगर्नु, सुनसान एरियामा पार्किङ गर्नु, सवारीसाधनको डिस्क तथा ह्विल लक नगर्नु, सिसिटिभी क्यामेरा नहुनुलगायतका कारण मोटरसाईकल चोरी बढेको हो ।
त्यस्तै महाशाखाका प्रमुख जोशी आएपछि नयाँ रणनीति तथा कार्यनीति अबलम्बन गरेर नयाँ कर्ययोजना बनाई चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन कडा निर्देशन दिएपछि दुई महिनामै ८८ वटा मोटरसाईकल फेला पारी धनी जिम्मा लगाई सकेको महाशाखाले जनाएको छ भने २५६ वटा मोटरसाईकल हराएको निवेदन परेको छ ।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |