काठमाडौं, २९ फागुन
सेयर बजार नेप्सेमा आइतबार हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा साताको पहिलो दिन ३.९४ प्रतिशत अर्थात १०१ अंकको वृद्धि भएको हो ।
आइतबार बजार बन्द हुँदा नेप्से २६६७.९७ अंकमा पुगेको छ । नेप्सेमा कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आइतबार चार अर्ब ८७ करोड बराबरको कारोबार भएको छ । सेयर बजारमा करिब दुई महिनापछि यति ठूलो मात्रामा वृद्धि भएको हो ।
आइतबार अधिकांश कम्पनीले नाफा कमाएका छन् । आजको कारोबारमा दुई सय ११ कम्पनीले नाफा कमाएका छन् भने सात कम्पनीले सर्किट हानेको छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |