काठमाडौं, २९ फागुन
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् ।
घिमिरेले आइतबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएको पार्टी केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।
नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बन्न घिमिरेले संयोजकबाट राजीनामा दिएका हुन् । उनी लोकतान्त्रिक एवं प्रगतिशील समूहको तर्फबाट अध्यक्ष पदका साझा उम्मेदवार बन्न लागेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअघि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि कांग्रेस सभापति देउवाले घिमिरेलाई संयोजक मनोनयन गरेका थिए । घिमिरे नेतृत्वको निर्वाचन समितिले कांग्रेसको केन्द्रीय महाधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |