काठमाडौं, २९ फागुन
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अझै पनि संसद विघटन गराउन चाहने आरोप लगाएका छन् ।
प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले अझै पनि संसद विघटन गराउन चाहेको आरोप लगाएका हुन् ।
एमालेको संसद विघटन गराउने प्रयासलाई रोक्न सकेको बताउँदै उनले अहिले पनि एमाले सोही खेलमा रहेको आरोप लगाएका हुन् । जस कारण एमालेले संसदमा अवरोध सृजना गरेको प्रचण्डको भनाइ छ ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्ने एमालेको तर्क तर्क नै नरहेको बताउँदै उनले टिप्पणी गरे ।
निर्वाचनपछि एमसीसीको विवादलाई छलफल गरेर टुंग्याउने बताएका उनले एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |