काठमाडौँ, २९ फागुन
साताकाे पहिलाे दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा काराेबार भइरहेकेा छ ।
यसअघि, गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार३०० रुपैयाँ निर्धारण गरिएकाे छ ।
चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |