न्युयोर्क—अमेरिकी राष्ट्रपति जो बाइडेनले १२ हजार सेनालाई रुससँगको सीमा रहेका लातभिया, इस्टोनिया, लिथुनिया, रोमानियामा सारेको बताएका छन् । रुसी फौजले युक्रेनका मुख्य सहरहरुमा हमला तीव्र पारेको र राजधानी युक्रेनलाई घेरा हालिरहेको भन्ने विवरण सार्वजनिक भइरहेका बेला १२ हजार सेनालाई रुससँगको सीमा रहेका देशमा सारेका हुन् ।
हाउस डेमोक्रयाटिक काउकसका सदस्यहरुलाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा तेस्रो विश्व युद्ध नलड्ने तर नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्ने उचित सन्देश पठाउने बचन दिएका छन् ।
उत्तर एट्लान्टिक ट्रिटी संगठन नेटो उत्तर अमेरिका र युरोपका ३० देशरुको समूह हो । राजनीतिक र सैन्य माध्यममार्फत आफ्ना सदस्यहरुको स्वतन्त्रता र सुरक्षाको सुनिश्चित गर्नु यसको उदेश्य हो ।
रुसी हमलामा युक्रेनीले उदाहरणीय वीरता र साहस प्रदर्शन गरेको बाइडेनले बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |