काठमाडौं, २७ फागुन
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा सरकारले पुँजीगत खर्च गर्न नसकेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार गत साउनदेखि माघ महिनासम्ममा संघीय सरकारले कूल ५ खर्ब ९१ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ ।
सरकारले खर्च गरेको रकममध्ये चालु खर्चतर्फ ४ खर्ब ७५ अर्ब ६२ करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ ६० अर्ब ७९ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ५४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
वितेको सात महिनामा सरकारले कुल राजस्व ६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँड हुने रकमसमेत) परिचालन भएको छ ।
राजस्वमध्ये कर तर्फ ५ खर्ब ६० अर्ब ८४ करोड र गैर–कर राजस्व तर्फ ५२ अर्ब ५७ करोड परिचालन भएको छ ।
पछिल्लो सात महिनामा संघीय सरकारले ट्रेजरी विलमार्फत् २३ अर्ब रुपैयाँ र विकास ऋणपत्रमार्फत २९ अर्ब ५० करोड रुपैयाँ गरी कूल ५२ अर्ब ५० करोड आन्तरिक ऋण परिचालन गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |