धादिङ,२६ फागुन ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३२८ जनाको परीक्षण गर्दा ११२ नयाँ सङ्क्रमित थपिएका छन् भने ४ सय २९ संक्रमित डिस्चार्ज भएका छन्।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ५ हजार ३४० बाँकी रहेको छ। देशभरका प्रयोगशालाबाट आज ६ हजार ८०१ जनाको पीसीआर गर्दा ७७ जना र २ हजार ५२७ जनाको एन्टिजेन परिक्षणमा ३५ गरी ११२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
बुधबार २२४ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ३६५ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ६० हजार ४९७ पुगेको छ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको मृत्यु नभएको मन्त्रालयले जनाउको छरहालसम्म संक्रमित भई मृत्यु हुनेको संख्या एघार हजार ९४९ पुगेको मनत्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |