एजेन्सी
न्युयोर्क, २६ फागुन
रुसले युक्रेनमा रसायनिक वा जैविक हतियारको योजना गर्न सक्ने अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाईट हाउसले आशंका गरेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले रुसले जैविक हतियारको योजना गर्न सक्ने आशंका गर्दै त्यसतर्फ सतर्क रहन आग्रह गरेकी हुन् ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले अमेरिकी जैविक हतियार प्रयोगशाला र युक्रेनमा रासायनिक हतियार विकासको बारेमा रुसको दाबी भने निराधार भएको बताइन ।
उक्त झुटो दाबी अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने एउटा ‘स्पष्ट रणनीति’ भएको उनको भनाई छ । पश्चिमेली अधिकारीहरुले रुसले जैविक हमला गरेको हुन सक्ने आशंका जनाइरहेका बेला उनको भनाई आएको हो ।
युद्ध बढ्न सक्ने जोखिम र विशेषत रसियाले गैर–परम्परागत हतियार प्रयोग गर्ने सम्भावनाबारे आफूहरु ‘धेरै चिन्तित’ भएको ती अधिकारीहरुले बताएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |