काठमाडौं, २५ फागुन ।
फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
भेटमा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको सचिवालयले बताएको छ ।
फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष रियोटनको नेतृत्वमा एक टोली मंगलबार काठमाडौं आइपुगेको थियो ।
उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि रहेका छन् ।
नेपाल–फ्रान्स अन्तर संसदीय समुहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आएका हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |