धादिङ २५ फागुन
नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले आगामी निर्वाचनको लागि आफुले संघ र स्थानीय तह मध्ये एकमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।धादिङबेसीबाट सन्चालित नीलकण्ठ एफ.एमको चर्चित कार्यक्रम जनतासँग मेयर कार्यक्रममा मेयर ढुंगानाले आगामी निर्वाचनमा संघ र स्थानीय तह मध्ये एकमा उम्मेद्वारी दिने बताउनु भएको हो ।तर आफुले प्रदेशको लागि भने उम्मेद्वारी नदिने स्पष्ट पार्नुभयो ।
वि.स २०४३ सालदेखी जनताको सेवामा सक्रिय भएको भन्दै मेयर ढुंगानाले आसन्न निर्वाचनमा पनि जनताको सेवा गर्न र जिल्लाको विकास गर्नको लागि उम्मेद्वारी दिन लागेको बताउनु भएको छ ।हिजो मेयर नहुँदा पनि जिल्लाका विभिन्न स्थानामा विकास गरेको भन्दै उहाँले विकास कसरी गर्ने र श्रोत कहाँबाट ल्याउने भन्ने बारे आफुलाई ज्ञान भएकै कारण विकास सम्भव भएको बताउनु भएको छ ।
निर्वाचनको समयमा बोलेको कुराहरु आफुले पुरा गरेको भन्दै उहाँले अन्य पार्टीका कार्यकर्ताहरुलाई पनि समेटेर र पक्षपात नगरिकन काम गरेकोले उहाँले पनि आगामी निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्नेमा आफुलाई विश्वास लागेको बताउनुभयो । विचार भन्दा पनि विकासलाई हेरेर र काम गर्न सक्ने,विकास बुझेको र विभिन्न दातृ निकायसँग राम्रो सम्बन्ध भएकोलाई नै मत दिनको लागि पनि आग्रह गर्नुभएको छ ।
विगत १ महिनाको अवधिमा मात्र नीलकण्ठ नगरपालिकाको विकासको लागि मात्र ७१ करोड भन्दा बढी रकम ल्याउन सफल भएको बताउनुभयो। कोभिडको कारण जापानको युसुहारा नगरपालिले गर्ने विकासको काम रोकिएको भन्दै उहाँले कोभिड नभएको भए र दातृ निकायबाट ल्याएको सहयोगले काम गर्न भ्याएको भए नीलकण्ठ नगरपालिकाको धेरै विकास हुने स्पष्ट पार्नुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |