धादिङ,२३ फागुन।
काठमाडौं महानगरपालिका–१३ सोल्टीदोबाटोबाट संरक्षित वन्यजन्तु सालकको २ थान आखेटोपहार सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ का ४० वर्षिय गोपाल बानियाँ रहेका छन्।
सालकको आखेटोपहार १२ लाख रुपैयाँमा बिक्री बितरण गर्न खोजिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बानियाँलाई पक्राउ गरेको हो।
काठमाडौं तारकेश्वर नगरपालिका–१० नेपालटार बस्दै आएका बानियाँको साथबाट २ थान संरक्षित वन्यजन्तु सालकको आखेटापार जस्तो देखिने वस्तु र १ थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |