काठमाडौं, २३ फागुन ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनमाथि रुसले आक्रमण गर्दा विश्व शान्ति खल्बलिने सम्भावना बढेकोले नेपाल युक्रेनको पक्षमा उभिनु परेको स्पष्ट पारेका छन् ।
सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले रुसले सार्वभौम तथा स्वतन्त्र राष्ट्रमाथि हस्तक्षेप गरेको आरोप समेत लगाए ।
‘विश्व शान्ति खल्बलाउने, ठूला र साना देशको सम्बन्धलाई खल्बलाउने भएको कारण युक्रेनको पक्षमा उभिएका हौं,’ उनले भने ।
रुसले फेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । परराष्ट्र मन्त्रालयले सोही दिन विज्ञप्ति निकालेर रुसलाई राष्ट्रसंघको बडापत्रको सम्मान गर्न भनेको थियो ।
‘हरेक सार्वभौम र स्वतन्त्र राष्ट्रको सार्वभौतिकता र स्वधिनताको सम्मान गर्नुपर्छ । कुनै ठूला देशले साना देशको सार्वभौमिकतामा हस्तक्षेत्र गर्न हुँदैन भनेर जोडदार आवाज उठाएका छौं,’ परराष्ट्रमन्त्री डा. खड्काले भने ।
असंलग्न नीतिकै आधरमा नेपालले युक्रेनको पक्ष लिएको उनले बताए । सहअस्तित्व असंलग्न परराष्ट्र नीतिको आधार भएको उनले जनाए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |