काठमाडौं, २३ फागुन।
साताको दोस्रो दिन नेप्से परिसूचकमा झिनो अंकले सुधार आएको छ । नेप्से परिसूचक सोमबार १ दशमलव ५४ अंकले बढेर बन्द भएको छ ।
आइतबार घटेर बन्द भएको बजार आज झिनो अंकले सुधार आएको हो । नेप्सेमा आज ७५ कम्पनीले नाफा कमाएका छन् भने एक सय ४३ कम्पनी गुमाएका छन् ।
आज बजार खुलेको केही समयमा २३ अंकले बढेर २५ सय ६६ अंक पुगेको बजार दिनको अन्तिममा घटेर १ दशमलव ५४ अंकको सामान्य सुधार आएर बन्द भएको छ । कारोबार रकममा पनि केही सुधार आएको छ ।
सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकमको कारोबार भएको छ । आज आइतबारभन्दा ११ करोड बढीको कारोबार भएको छ । आइतबार दुई अर्ब ४९ करोडको कारोबार भएको थियो ।
सोमबार सबैभन्दा धेरै शिभम सिमेन्ट र नेपाल टेलिकमको सेयर कारोवार भएको छ भने लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीहरुले धेरै रकम गुमाएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |