धादिङ,२३ फागुन।
प्राकृतिक स्रोत तथा वित्त आयोगले देशका ७५३ स्थानीय तहको कार्यसम्पादन मूल्यांकन रिर्पोट सार्वजनिक गरेको छ।
रिर्पोट अनुसार धादिङको गल्छी गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कम अंक ल्याउने पालिका रहेको छ। कार्यसम्पादन मूल्यांकनका लागि तयार पारेका ११ वटा सूचक र स्थानीय तहको प्रायोजनका लागि तयार पारेका १७ वटा सूचकका साथैं सम्बन्धित स्थानीय तहबाट प्राप्त तथ्यांकका आधारमा आयोगले सार्वजनिक गरेको रिर्पोट अनुसार देशका २४ वटा स्थानीय तहले ४० भन्दा कम अंक पाएका छन् ।
यस्तै १ सय ९६ स्थानीय तहले ५० भन्दा कम अंक ल्याएका छन् । दुई सय स्थानीय तहले ५० अंक कटाउन सकेका छैनन । ४२ तहले ७० भन्दा बढी अंक ल्याएका छन् । यस्तै दुई सय ४९ स्थानीय तहले ६० भन्दा बढी अंक ल्याएका छन्।
कार्यसम्पादन रिर्पोटमा सबैभन्दा बढी बढी अंक ल्याउने गाउँपालिकामा डडेलधुराका अजयमेरु गाउँपालिका रहेको छ । सो पालिकाले ७८ दशमलव ६९ अंक प्राप्त गरेको छ ।यस्तै सबैभन्दा कम अंक ल्याउने पालिका धादिङको गल्छी गाउँपालिका रहेको छ,उस्ले ३५ अंक ल्याएको प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ।
यसैगरी आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार धुनिवेशी नगरपालिका धादिङ जिल्लाकै उत्कृष्ट भएको छ । धुनिवेशीले ५७.६४ अंक प्राप्त गरेर जिल्लाकै उत्कृष्ट भएको हो ।ज्वालामुखी गाउँपालिकाले ५६.८७, रुबीभ्याली गाउँपालिकाले ५३.९२, बेनिघाट रोराङ गाउँपालिकाले ५३.८०, गँगाजमुना गाउँपालिकाले ५२.१० अँक प्राप्त गरेका छन् ।
यसैगरी निलकण्ठ नगरपालिकाले ५१.३८, सिद्धलेक गाउँपालिकाले ५१.१३, नेत्रावती डबजोङ गाउँपालिकाले ५०.१४, त्रिपुरासुन्दरी गाउँपालिकाले ४७.६६, खनियाबास गाउँपालिकाले ४६.१३, थाक्रे गाउँपालिकाले ४१.६४, र गजुरी गाउँपालिकाले ३७.९९ अँक प्राप्त गरेका छन् ।
आयोगले १८ फागुनमा कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक गर्दै तथ्याङ्क र प्राप्ताङ्कमा परिमार्जन गर्न परे ठोस प्रमाण सहित ७ दिन भित्र कार्यविधि बमोजिम पुनरावलोकनका लागि पत्र पठाउन स्थानीय तहहरुलाई परिपत्र गरेको छ । आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ बमोजिम वार्षिक रुपमा मुल्याङ्कन गर्ने गरेका छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |