एजेन्सी
किभ, २१ फागुन।
उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् । ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ महासचिव स्टोल्टनबर्गले भने ।
उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगराउनेसमेत घोषणा गरेका छन् । त्यस्तै, नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरु आफ्नै ढंगले सहयोग गर्ने उनको भनाई छ ।
यसैबीच, नेटोको घोषणाले युक्रेनी राष्ट्रपति जेलेन्स्की क्रुद्ध बनेको प्राप्त विवरणहरुमा जनाइएको छ । युक्रेनमाथि रुसी सेनाले हमला गर्दा पश्चिमा देश र नेटोले सहयोग नगरेको राष्ट्रपति जेलेन्स्कीले गुनासो गर्दै आएका छन् ।
युक्रेन हमलाको दशौं दिन रुसी सेनाले युक्रेनका मुख्य सहरमा झनै आक्रमक कारबाही गरेको छ । रुसी सेनाले युक्रेनका महत्वपूर्ण पूर्वाधार र विश्वविद्यालय ध्वस्त बनेका छन् ।
रुसी सेनाको आक्रमण प्रतिकार गर्न युक्रेनलाई जर्मनी, अमेरिकालगायतका देशहरुले सैन्य हतियार प्रदान गर्ने घोषणा गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |